संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सुदूरपश्चिमका सामाजिक विकासमन्त्री साउँदविरुद्ध उजुरी

    सुदूरपश्चिमका सामाजिक विकासमन्त्री साउँदविरुद्ध उजुरी

    संघारी न्युज
    १६ माघ २०८०
    1.9k
    Shares

    कैलाली । सुदूरपश्चिम प्रदेश सरकरका सामाजिक विकास मन्त्री झपटबहादुर साउँदविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । पैसा लेनदेनका विषयमा उनीविरुद्ध उजुरी आएको प्रहरीले जनाएको छ ।

    बझाङको बुंगल नगरपालिका(१ का धनबहादुर बोहराले मन्त्री साउँदविरुद्ध सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दर्ता गराएका हुन् । कैलालीका प्रहरी प्रवक्ता डिएसपी कुलदीप चन्दले हाल मन्त्री रहेका साउँदले पैसा फिर्ता माग्दा उल्टै ज्यान मार्ने धम्की दिएकोले सुरक्षा गरि पाउँ भन्दै बोहराले ठाडो उजुरी दिएको बताए । त्यस विषयमा थप अध्ययन भइरहेको उनको भनाइ छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com