संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी

    मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी

    संघारी न्युज
    ३ फाल्गुन २०८०
    3.3k
    Shares

    काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘नगरको सान दिक्तेलको स्वाभीमान, मुन्दुम अन्तर्राष्ट्रिय चित्रकता संस्कृतिको सम्मान’ भन्ने मूल नाराका साथ मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८० हुदैछ ।

    नेपाल कला परिषद (नेपाल आर्ट काउन्सिल) बबरमहल काठमाडौँमा यही फागुन ५ गतेदेखि १७ गतेसम्म चित्रकला प्रदर्शनी हुने आयोजकले जनाएको हो । प्रदर्शनीमा राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए ।

    प्रदर्शनीमा ५० देशका चित्रकारले बनाएका १७० भन्दा बढी चित्रहरु राखिनेछन् । जसमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायत खोटाङ जिल्लाका समग्र सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रका तस्वीर रहने आयोजकको दाबी छ ।

    नगरपालिकाले १९ जना विदेशी र २४ जना स्वदेशीगरी ४३ जना चित्रकारको सहभागितामा जिल्लाका विभिन्न क्षेत्रको अवलोकन गराइएको थियो । जहाँ स्थानीय स्तरका सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रको प्रचारप्रसारकोलागि १०९ वटा जिवन्त चित्रहरुहरुको लाइभ भएको थियो ।

    उक्त प्रदर्शनीको अवसरमा राई, नेवार, गुरुङ, क्षेत्री बाहुन लगायत जातजातिका सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिने नगरप्रमुख भट्टराईले बताए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com