संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सुदूरपश्चिम सरकार विस्तार, नाउपाका मन्त्री थपिए

    सुदूरपश्चिम सरकार विस्तार, नाउपाका मन्त्री थपिए

    संघारी न्युज
    २६ फाल्गुन २०८०
    1.1k
    Shares

    नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले समर्थन फिर्ता लिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट मन्त्री थपेर सरकार विस्तार गरेका छन्।

    कांग्रेसका मुख्यमन्त्री शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा, १६८ को उपधारा ९ बमोजिम मौजुदा मन्त्रिपरिषद्को कार्यविभाजनमा हेरफेर गरेका छन्।

    मुख्यमन्त्री शाहले हाल सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय आफूसँगै राखेका छन्। प्रकाशबहादुर देउवाले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा पाएका छन्।

    त्यस्तै, शिवराज भट्टले आन्तरिक मामिला तथा कानून मन्त्रालय, घनश्याम चौधरीले आर्थिक मामिला मन्त्रालय र रामेश्वर चौधरीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मा पाएका छन्। खुशीराम चौधरी विनाविभागीय र इन्दिरा गिरी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको राज्यमन्त्री भएका छन्।

    प्रदेश प्रमुखको कार्यालय धनगढीमा प्रदेश प्रमुख जोशीले नवनियुक्त आर्थिक मामिलामन्त्री घनश्याम चौधरी, विनाविभागीयमन्त्री खुशीराम चौधरी र भूमिव्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री इन्दिरा गिरीलाईले पद तथा गोपनीयताको शपथ लिएका छन्।

    कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री शाहले सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने थप सदस्यलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयमा पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्रीले आफ्नो नेतृत्वको सरकारलाई बहुमत सिद्ध गर्न प्रदेश सभामा रहेका सबै दलसँग संवाद छलफल गरिरहेको बताए।

    कूल ५३ सदस्यीय प्रदेशमा कांग्रेसका १८, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सभामुखसहित ११, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का १०, नागरिक उन्मुक्तिका सात, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का चार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक र एक स्वतन्त्र सदस्य छन्।

    नेपाली कांग्रेसबाट बझाङ जिल्ला प्रदेश सभामा निर्वाचित पृथ्वीबबहादुर सिंहको केही महीनाअघि गाडी दुर्घटनामा निधन भएपछि प्रदेश सभाको एक स्थान रिक्त छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com