संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सुदूरपश्चिममा कांग्रेस नेतृत्वकै सरकारलाई नाउपाले समर्थन गर्ने निर्णय

    सुदूरपश्चिममा कांग्रेस नेतृत्वकै सरकारलाई नाउपाले समर्थन गर्ने निर्णय

    संघारी न्युज
    ४ चैत्र २०८०
    1.5k
    Shares

    कैलाली । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारलाई नै सहयोग गर्ने भएको छ ।

    आज बसेको संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेशमा हालकै गठबन्धन अनुसार कांग्रेसलाई सघाउने निर्णय गरेको हो ।

    संसदीय दलका नेता तथा आर्थिक मामिला मन्त्री घनश्याम चौधरीले भने, ‘हामी अहिले सम्मपनि कांग्रेस नेतृत्वकै सरकारमा छौँ हामीले यहि सरकारलाई सघाउने निर्णय गरेका छौँ’ ।
    उनले आजको बैठकमा कैलाश चौधरी र टिका थापा बाहेक सबैको उपस्थित रहेको जानकारी दिए । मन्त्री चौधरीका अनुसार उनीहरु दुबैलाई पनि सरकारमा ल्याउने गरि छलफल गरिरहेका छ ।

    सुदूरपश्चिम प्रदेशमा माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा थियो । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिका ७ सांसद छन् । ती मध्ये पाँच मन्त्री छन् । उनीहरुले मुख्यमन्त्री कमल बहादुर शाहलाई नै विश्वासको मत दिने निर्णय गरेका छन् ।

    अहिले नागरिक उन्मुक्तिले विश्वासको मत दिने निर्णय गरेसँगै कांग्रेस नेतृत्वको सरकारलाई सहज भएको छ । तर, नाउपाका सबै सांसदले विश्वासको मत दिँदा पनि स्वतन्त्र र राप्रपा सांसद सुदूरपश्चिममा निर्णायक हुन्छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com