संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सुदूरपश्चिममा नयाँ सरकार बनाउन प्रदेश प्रमुखले दिए १० दिनको समय

    सुदूरपश्चिममा नयाँ सरकार बनाउन प्रदेश प्रमुखले दिए १० दिनको समय

    संघारी न्युज
    २३ चैत्र २०८०
    1.2k
    Shares

    सुदूरपश्चिम प्रदेशमा मिलिजुली सरकार बनाउन प्रदेश प्रमुख नाजिर मियाँले १० दिनको समय दिएका छन्।

    प्रदेश प्रमुख मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घराज भट्टले जनाएका छन्। यो उपधारामा दुई वा दुईभन्दा बढी दलको समर्थनप्राप्त व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

    केन्द्रमा नयाँ सत्ता समीकरण बनेपछि प्रदेशमा पनि प्रभाव परेको छ। नेकपा ९माओवादी केन्द्र०ले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका नेता कमलबहादुर शाहले बिहीबार मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए।

    ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५२ जना सदस्य छन्। सरकार बनाउन २७ सांसदको समर्थन चाहिन्छ।

    अहिले प्रदेशमा कांग्रेसका १८ सांसद छन्। त्यस्तै, गठबन्धनमा रहेका नेकपा ९माओवादी केन्द्र०का सभामुख सहित ११, नेकपा ९एमाले०का १० र नेकपा ९एकीकृत समाजवादी०का चार गरी २५ सांसद छन्।

    यसैगरी, नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सात, राप्रपाका एक सांसद र एक जना स्वतन्त्र सांसद छन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com