कैलाली । सुदूरपश्चिम प्रदेशको महत्त्व झल्काउने भित्ते पात्रो सार्वजनिक गरिएको छ। राज भिजन प्रालिले २०८१ सालको लागि तयार गरेको भित्ते पात्रोमा फोटो पत्रकार राजेन्द्र थापाले संकलन गरेका तस्बिरहरू राखिएका छन् ।
एउटा जिल्लाका प्रख्यात तथा ओझेलमा परेका गरि करिब ५ वटा तस्बिरहरू भित्ते पात्रोमा समावेश गरिएको छ । यहाँका सबै जिल्लाको तस्बिर राखिएको भित्रै पात्रोले पर्यटन प्रवर्द्धनमा भूमिका खेल्न राज भिजन प्रालिका प्रबन्ध निर्देशक तथा फोटो पत्रकार राजेन्द्र थापाले जनाए ।
‘यहाँ सुदूरपश्चिममा ओझेलमा परेका तथा प्रसिद्ध सबै स्थान र स्थलहरूको तस्बिर रहेका छन् केही धेरैले थाहा पाएका तथा केही कसैले नदेखेका पनि होलान्’ उनले भने ‘ती सबै स्थान र स्थलहरूको प्रचार प्रसार गर्ने उद्देश्यले भित्ते पात्रो प्रकाशन गरिएको हो ।’
थापाले आफूले तयार गरेको भित्ते पात्रो निःशुल्क रुपमा वितरण गर्ने समेत जानकारी दिए । उक्त कामले थप पर्यटकीय क्षेत्रको पहिचानमा टेवा पुग्ने उनको विश्वास रहेको थियो ।
भित्ते पात्रो विमोचन गर्दै पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावलले फोटो पत्रकार थापाले नयाँ र नवीन कामको सुरुवात गरेको जनाएका थिए । उनले यस वर्षको लागि जारी भएको भित्ते पात्रोले प्रदेशका सबै क्षेत्रको बारेमा नयाँ जानकारी दिने बताए ।
उक्त भित्ते पात्रोमा यहाँको सांस्कृतिक पहिचान, पर्यटकीय क्षेत्र, खोज तथा अन्वेषण हुनुपर्ने स्थान, ऐतिहासिक तथा पौराणिक महत्वका क्षेत्रहरू देखाएको छ । पत्रकार महासङ्घका अध्यक्ष रावलले राज्य स्तरबाट हुनुपर्ने काम पत्रकारले गरिरहेको भन्दै थापाको प्रशंसा गरेका थिए ।
फोटो पत्रकार थापाले डेढ दशक बढि समय देखी सुदूरपश्चिम प्रदेशका दुर्गम क्षेत्र सम्म पुगेर फोटो संकलन गर्दै पर्यटन प्रवर्द्धनमा भूमिका खेलिरहेका छन् ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै