संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सुदूरपश्चिमको तराई जिल्ला लगायत मधेशमा पाँच दिनसम्म तालो हावा चल्ने

    सुदूरपश्चिमको तराई जिल्ला लगायत मधेशमा पाँच दिनसम्म तालो हावा चल्ने

    संघारी न्युज
    १० बैशाख २०८१
    1.3k
    Shares

    काठमाडौं । पश्चिम तराई र मधेशमा आजदेखि पाँच दिन तातो हावा अर्थात तातो लहर चल्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।

    विभागले सोमबार विशेष बुलेटिन जारी गर्दै पश्चिम तराई र मधेशमा तापक्रम बढेको जनाएको छ। मधेशसँग लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस मापन गरिएको उल्लेख गरेको छ।

    आगामी केही दिनसम्म मधेश र पश्चिम तराईमा अत्यधिक गर्मीको सम्भावना रहेको विभागको आकलन छ। विभागले भनेको छ, ‘आगामी पाँच दिन (२०८१ वैशाख १० देखि १४ गतेसम्म) तातो हावा तथा तातो लहरको सम्भावना रहको हुनाले त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

    यससँगै पहाडी भूभागका उपत्यका तथा खोंचमा समेत तापक्रम क्रमिक रुपमा बढ्ने सम्भावना रहेको विभागले जनाएको छ। यसबाट बच्न सकर्तता अपनाउन पनि अनुरोध गरेको छ।

    तातो हावा चल्दा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने उल्लेख गरेको छ।

    तातो हावाबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग सल्लाह लिन पनि विभागले सुझाएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com