संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, विभिन्न कार्यक्रम गरि मनाउँदै

    आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, विभिन्न कार्यक्रम गरि मनाउँदै

    संघारी न्युज
    १९ बैशाख २०८१
    1.3k
    Shares

    आज मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस । यो दिवसको अवसर पारेर सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

    अन्तर्राष्ट्रिय श्रमिक दिवसका यस अवसरमा नेपालमा विभिन्न मजदुर संघ–संगठनहरूले विभिन्न कार्यक्रम आयोजना गरेर मनाउँदै छन् ।

    यो दिवसको अवसरमा देशैभरी विभिन्न अन्तरक्रिया, गोष्ठी आदि कार्यक्रमको आयोजना हुनेछ । विश्वका साथै नेपालमा पनि विविध कार्यक्रम गरी यो श्रमिक दिवस मनाइँदै आइएको छ ।

    सन् १८८६ मा अमेरिकाको सिकागो राज्यमा ८ घण्टा काम, आठ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग गर्दै आन्दोलन भएको थियो । मजदुरहरूले गरेको उक्त विश्व प्रख्यात आन्दोलन दबाउनका लागि अमेरिकन प्रहरी बम प्रहार गरिएको घटनाको सम्झनामा विश्वभरी मे १ मा अन्तराष्ट्रिय श्रमिक दिवस मनाइँदै आएको छ ।

    सोही आन्दोलनका कारण विश्वभरी मजदुरहरूले आठ घण्टा मात्र काम गर्न गरी नयाँ व्यवस्था विश्वभर प्रचलनमा आएको हो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com