संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    डडेल्धुरा दुर्घटना : दुई जनाको मृत्यु, दुई घाईते

    डडेल्धुरा दुर्घटना : दुई जनाको मृत्यु, दुई घाईते

    संघारी न्युज
    २३ बैशाख २०८१
    1.1k
    Shares

    डडेल्धुरामा गए राति ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

    नवदुर्गा गाउँपालिका-४ सिरोडको भित्री सडकमा बागमती प्रदेश ०१-००१ क ९६५१ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो। दुर्घटनामा धादिङको गजुरी गाउँपालिका(७ का चालक ४० वर्षीय धिरज थापामगर र रोडाङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कुसुम नायकले बताए।

    दुर्घटनामा घाइते भएका उनीहरूलाई डडेल्धुरा अस्पताल पुर्‍याइएको थियो। दुवै जनाको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

    त्यस्तै, दुर्घटनामा धादिङको रोडाङ गाउँपालिकाका ३१ वर्षीय सुदीप विक र डडेल्धुरा नवदुर्गा गाउँपालिका-४ का २८ वर्षीय हिक्मत विक घाइते भएका छन्। दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com