मदिरा सेवन गरेका काठमाडौं महानगरपालिका(७, सरस्वतीनगरका चञ्चलबहादुर सिंहले पेट्रोल छर्केर कोठामा आगो लगाउँदा परिवारका पाँच जना घाइते भएका छन् भने दुई जना गम्भीर छन्।
प्रहरी वृत्त गौशालाका अनुसार गए राति ८ः४५ बजे मदिरा सेवन गरेर चञ्चलले श्रीमती बिन्दु सिंहसँग झगडा गरेका थिए। त्यसपछि आफू बस्दै आएको तीनतले घरको तेस्रो तलाको कोठमा पेट्रोल छर्केर आगो लगाएका थिए।
कोठामा आगो लाग्दा चञ्चलसँगै परिवारका पाँच जना घाइते भएका छन्। चञ्चल, उनकी श्रीमती बिन्दु र तीन छोरी घाइते भएको प्रहरीले जनाएको छ।
उनीहरूलाई राति नै चाबहिलस्थित हेल्पिङ हेन्ड्स अस्पताल भर्ना गरिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि कीर्तिपुर अस्पताल लगिएको थियो। उनीहरूको उपचार भइरहेको अस्पतालले जनाएको छ।
घाइतेमध्ये १८ वर्षीया समृद्धि सिंह र आठ वर्षीय कान्छी छोरी सुहानीको आईसीयूमा राखेर उपचार भइरहेको कीर्तिपुर अस्पतालकी कर्मचारी पद्माशोभा महर्जनले हिमालखबरलाई बताइन्। उनका अनुसार दुवैको अवस्था गम्भीर छ।
त्यस्तै, चञ्चल, बिन्दु र २४ वर्षीया सुप्रिया सिंहलाई सामान्य वार्डमा राखेर उपचार भइरहेको छ। पाँचै जनाको हातखुट्टा र शरीर जलेको छ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै