कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सरकारले प्रदेशलाई बलियो बनाउनेगरी काम गरिरहेको बताएका छन् । सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगले आज धनगढीमा आयोजना गरेको प्रदेश विकास परिषद्को तेस्रो बैठकमा उनले प्रदेशको विकास र जनचाहनालाई सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको बताए ।
उनले परिषद्को बैठकबाट आएका सुझावलाई लिएर अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे । “नीति तथा योजना आयोगको अध्यक्षका हैसियतमा पनि प्रदेशको विकासका लागि यहाँ व्यक्त भएका धारणालाई सम्पत्तिका रूपमा ग्रहण गरिने छ । आगामी दिनमा परिषद् बैठक नियमित गर्न र आयोगलाई थप प्रभावकारी बनाउन मेरो सधैँ सहयोग रहने छ”, उनले भने ।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशको दीर्घकालीन विकासका लागि विज्ञहरू सम्मिलित छलफलहरू निकै उपयोगी हुने धारणा राखे । उनले प्रदेशको विकासका लागि सरकारले चाल्ने हरेक कदममा आफ्नो पार्टीको पूर्ण सहयोग रहने बताए ।
“प्रदेशको विकासका लागि हामी सबै मिलेर अगाडि बढ्नुपर्छ, कांग्रेस विकासका मुद्दामा सधैँ सरकारलाई सहयोग गर्न तयार छ । बेलाबेला हुने यस्ता छलफल तथा संवादहरूले प्रदेशमा विकासको खाका र भविष्यको बाटो तय गर्न सघाउ पु¥याउँछ, सरकारले निष्कर्षहरूलाई ग्रहण गर्न सक्नुपर्छ”, उनको भनाइ थियो ।
नेपाल कम्युनिष्ट पार्टी ९एमाले० सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले वित्तीय हस्तान्तरण नीति स्पष्ट हुनुपर्ने बताए । उनले विकास आयोजना जनताको घरदैलोमा पुग्नेगरी बजेट विनियोजन हुनुपर्नेमा समेत जोडदिए ।
भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका थापाले बजेट अभावमा कृषि मन्त्रालयले सोचेजस्ता काम गर्न नसकेको बताए । “एकातिर बजेटको अभाव छ, अर्कातिर कर्मचारी छैनन्, कसरी काम गर्ने ?”, उनले प्रश्न गरे ।
कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाका जिल्ला समन्वय समिति प्रमुख–उपप्रमुख, स्थानीय तहका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष, प्रदेशका मुख्यसचिव, प्रदेश सचिवहरू, अधिकारकर्मी, विभिन्न विषयका विज्ञहरू, सञ्चारकर्मीलगायतले विभिन्न विषयहरूमा आ–आफ्नो धारणा र सुझाव व्यक्त गरेका थिए ।
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गणेशबहादुर विश्वकर्माले बैठकको उद्देश्यमाथि प्रकाश पार्दै सहभागीलाई स्वागत गरेका थिए । रासस
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै