मनसुनी प्रणाली देशको मध्यभागसम्म फैलिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। असार ६ मा मनसुनी प्रणाली कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशको पूर्वी भूभागमा सक्रिय भएको विभागले जनाएको छ। अब यी क्षेत्रमा पानी पर्ने अनुमान छ।
यद्यपि कर्णाली र सुदूरपश्चिम प्रदेश तथा लुम्बिनीको पश्चिमी क्षेत्रमा मनसुनी वायु पुगेको छैन। त्यसैले लुम्बिनी र सुदूरपश्चिमको दक्षिणी क्षेत्रमा चर्को गर्मी यथावत् छ। विभागले देशैभर मनसुन फैलिन अझै केही दिन लाग्ने जनाएको छ।
मनसुन शुरू भएको १० दिन बितिसके पनि देशको पूर्वी क्षेत्र र एकाध स्थान बाहेक अन्यत्र उल्लेख्य पानी पर्न सकेको छैन। मनसुनी वायु लामो समय एकै स्थानमा अड्किएका कारण अन्य भागमा पानी नपरेको विभागले जनाएको छ।
नेपालमा मनसुनी वायु पूर्वी क्षेत्र हुँदै प्रवेश गरी पश्चिमी क्षेत्रतिर फैलिन्छ। मनसुनी वायुले पश्चिमी वायुलाई धकेल्दै लग्दा क्रमशः मनसुन प्रभावशाली भएर पानी पर्छ। तर यो वर्ष पश्चिमी वायु प्रभावशाली भएर बस्दा मनसुनी वायु लामो समय पूर्वी भागमा अड्किएर बसेको हो।
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेको जनाएको छ। खासगरी, जुलाई र अगस्टमा बढी पानी पर्ने सम्भावना छ।
यस वर्ष जेठ २८ मा मनसुनी वायु नेपाल प्रवेश गरेको थियो। यो विगतको सरदरमा मनसुन प्रवेश गर्ने दिनभन्दा तीन दिन छिटो हो।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै