मनसुनी प्रणाली देशभरि फैलिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले सोमबार बुलेटिन जारी गरेर देशका सबै भूभागमा मनसुन फैलिएको जनाएको हो। नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा तीन दिन छिटो गरी जेठ २८ गते ९१० जून० भित्रिएको थियो। नेपालमा सरदरमा १३ जूनमा मनसुनी प्रणाली भित्रिन्छ।
मनसुन भित्रिएको एक साताभन्दा लामो समयसम्म देशको पूर्वी क्षेत्रमा मात्रै सक्रिय रहेको थियो। असार ६ मा मात्रै मनसुनी प्रणाली कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशको पूर्वी भूभागमा सक्रिय भएको थियो। यद्यपि कर्णाली र सुदूरपश्चिम प्रदेश तथा लुम्बिनीको पश्चिमी क्षेत्रमा मनसुनी वायु पुगेको थिएन।
सोमबारदेखि भने सबै क्षेत्रमा मनसुनी वायु पुगेको हो। यसले यो वर्ष नेपालभर मनसुन फैलिन १५ दिन लागेको विभागले जनाएको छ।
मनसुन शुरू भएको दुई साता बितिसके पनि एकाध स्थान बाहेक अन्यत्र उल्लेख्य पानी पर्न सकेको छैन। विभागले आज राति कोशी, बागमती र गण्डकी प्रदेशका एकाध स्थानमा अत्यधिक वर्षा हुन सक्ने जनाएको छ। विभागले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।
नेपालमा मनसुनी वायु पूर्वी क्षेत्र हुँदै प्रवेश गरी पश्चिमी क्षेत्रतिर फैलिन्छ। मनसुनी वायुले पश्चिमी वायुलाई धकेल्दै लग्दा क्रमशः मनसुन प्रभावशाली भएर पानी पर्छ।
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेको जनाएको छ। खासगरी, जुलाई र अगस्टमा बढी पानी पर्ने सम्भावना छ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै