संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    मनसुन सक्रिय हुँदा सुदूरपश्चिमका ६ जिल्ला ‘रेड जोन’मा

    मनसुन सक्रिय हुँदा सुदूरपश्चिमका ६ जिल्ला ‘रेड जोन’मा

    संघारी न्युज
    २२ असार २०८१
    1.4k
    Shares

    जल तथा मौसम विज्ञान विभागले आज असार २१ गतेदेखि तीन दिनसम्म मनसुन अझै बढी सक्रिय हुने भएकाले सतर्कता अपनाउन आह्वान गरेको छ ।

    सुदूरपश्चिमका डडेलधुरा, डोटी, अछाम, दार्चुला, बझाङ, बैतडी र बाजुरा जिल्ला ‘रेड जोन’मा छन् ।

    मनसुन सक्रिय हुँदा भारी वर्षा हुने, बाढी–पहिरो आउने, होचा भूभाग डुबान हुने, गेग्रान बहावले सडक यातायात अवरुद्ध हुने र हवाई यातायात समेत प्रभावित हुने पूर्वानुमान विभागले गरेको छ ।

    विभागले जारी गरेको विशेष बुलेटिनमा लेखिएको छ, ‘दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन तथा पूर्व तयारी गर्नुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ ।’


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com