काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा आज प्रधानमन्त्री पदमा नियुक्त हुँदैछ । नयाँ प्रधानमन्त्रीमा दाबी गरेका एमाले अध्यक्ष ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नियुक्त गर्न लागेका हुन् ।
चौथो पटक प्रधानमन्त्री बन्न लागेका ओलीले सोमबार पद तथा गोपनीयताको शपथ लिने तयारी गरेका छन् । स्रोतका अनुसार ओलीले सोमबार ११ बजे पद तथा गोपनीयताको सपथ लिने भएका छन् ।
रास्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल अनुसार राष्ट्रपति कार्यालयले प्रकाशित गरेको आह्वान प्रस्तावको समय आइतबार साँझसम्मै रहेकाले सोमबार मात्र शपथ हुने छ । नेपाली कांग्रेसको समर्थनमा शुक्रबार राति ओलीले संविधानको धारा ७६ ९२०बमोजिमको प्रधानमन्त्री दाबी पेश गरेका थिए । पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएर पदमुक्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय दिएका छन् ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै