कैलाली । केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण बाढी(पहिरोको जोखिम हुने क्षेत्रमा मानिसलाई सुरक्षित र सतर्क रहन आग्रह गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी सूचना केन्द्रले वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी(पहिरो गइरहेको भन्दै सबैलाई सुरक्षित र सतर्क हुन आग्रह गरेको हो ।
शुक्रबार बिहान ४ बजे गोरखा, धादिङ, लमजुङ, तनहुँ, पाल्पा, स्याङ्जा, नवलपरासी, कपिलवस्तु, दाङ, प्यूठान, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुर र आसपास केही स्थानमा भारी वर्षा भएको र थप हुने भन्दै केन्द्रले उक्त जिल्लाका साना खोलामा आकस्मिक बाढी आउनुका साथै पहिरो जान सक्ने सम्भावना रहेकोले दिउँसोसम्म सतर्क रहन आग्रह गरेको छ ।
त्यस्तै बिहान साढे ४ बजे भेरी जलाधारका विभिन्न स्थानमा भारी वर्षा भई जलसतह सतर्कतारखतरा तह आसपास पुगेको केन्द्रले जनाएको छ । भेरी जलाधार पर्ने क्षेत्रमा थप वर्षा हुने देखिएकाले भेरी नदीको रिम्नादेखि कर्णाली दोभानसम्म अर्को ६ घण्टासम्म उच्च सतर्कता अपनाउन केन्द्रले अनुरोध गरेको छ ।
यसैगरी बिहान ५ बजे पछिल्लो ३ घण्टा कञ्चनपुर, कैलालीको धेरै स्थानमा भारी वर्षा भएको र थप हुने हुँदा खुटीया, कान्द्रा, मोहना, सुहेली, चौधरलगायत क्षेत्रका साना खोलाहरूमा एक्कासी बाढी आउन सक्ने भएकाले होचा डुबान हुने स्थानमा दिउँसो १२ बजेसम्म सतर्क रहन केन्द्रले आग्रह गरेको छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै