कैलाली । कैलालीको नोभा हस्पिटलमा एक यूवकको मृत्यू पश्चात हस्पिटल क्षेत्रमा तनाव सिर्जना भएको छ। जन्डिस भएको भनेर साउन ७ गते भर्ना भएका कञ्चनपुरको बेलौरी–२ का १७ वर्षीय नसिभ चौधरीको शुक्रबार अपरान्ह मृत्यु भएको हो।
सोही विषयलाई लिएर अहिले हस्पिटलमा तनाव भइरहेको छ। मृतकका आफन्तले अस्पतालको लापरबाहीले नसिभको मृत्यु भएको भन्दै विरोधमा उत्रिएका हुन् ।
सामान्य स्वास्थ्य समस्या लिएर आएका चौधरीको उपचारकै क्रममा मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गर्न खोजेका हुन्। बेलौरीका नसिभ साउन ७ गते सामान्य स्वास्थ्य समस्याका कारण चेकअपका लागि नोभा अस्पताल आएका थिए। उनलाई जण्डिस भएको पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएको थियो।
नसिभका मामा रामकृष्ण चौधरीले अस्पतालले लापरबाही गरेको आरोप लगाए। उनका अनुसार परिवारले बारम्बार अन्यत्र रिफर गर्न आग्रह गरेका थिए। तर, अस्पतालले न त उचित उपचार गरिदियो, न त रिफर नै।
अहिले मृतको शव अस्पतालमै छ। उता अस्पताल प्रशासनले भने लापरबाही नरहेको बताएको छ। यस घटनाले अस्पताल परिसरमा तनावको स्थिति सिर्जना भएपछि प्रहरी खटिएको छ। आफन्तले निष्पक्ष छानबिनको माग समेत गरेका छन्। तर स्थिती सामान्य बन्ने अवस्था नदेखिएपछि प्रहरीले तीन राउण्ड अश्रुग्यास प्रहार गरेको हो ।
मृतकका आफन्त आक्रोशित भएर अस्पतालमा तोडफोड गर्न उत्रिएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
पाँच दिन अस्पतालमा राखेर बिरामी अन्तिम अवस्थामा पुगेपछि मात्रै नेपालगन्ज या भारतको बरेली लैजान भनिएको मृतकका आफन्तले बताएका छन्। शुक्रवार दिउँसो साढे ३ बजे नेपालगन्ज लैजान एम्बुलेन्समा राख्ने क्रममा चौधरीको मृत्यु भएको थियो। आफन्तले भने अस्पतालको लापरबाहीले मृत्युु भएको भन्दै शव बुझ्न मानेका छैनन्। उनीहरूले उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाही र क्षतिपूर्तिको माग गरेका छन्।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै