संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    दोदा नदीको कटानले बस्ती नै त्रसित

    दोदा नदीको कटानले बस्ती नै त्रसित

    संघारी न्युज
    २९ साउन २०८१
    1.3k
    Shares

    कैलाली । कञ्चनपुरस्थित लालझाडी गाउँपालिकामा रहेको दोदा नदीको टानले बस्ती नै जोखिममा परेको छ । यहाँ सबैभन्दा ठूलो समस्या नै दोदा नदीको कटान हो । कतिपय ठाउँमा नदी बस्ती तर्फ सोझिएको छ भने दोदा माथिका दुई वटा पक्की र एउटा झोलुङ्गे पुल पनि उच्च जोखिममा छ ।

    गाउँपालिका उपाध्यक्ष सपना राना चौधरी भन्छिन् ‘बर्सातको बेला दोदा उर्लिदा मुटुमा नै काप्छ ।’ लालझाडी गाउँपालिकामा ६ वटा वडा छन् । बर्सातका बेला एउटा वडा बाट अर्को वडा जान सास्ती खेप्नु पर्छ । कतिपय वडामा नदी साध भएर बगेको छ । वर्षमायामा स्थानीय ढुक्कले सुत्न सक्दैनन् । कुन बेला नदी बस्तीमा पस्ने हो भन्ने डरले सबै त्रसित छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com