संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    भन्सार छलीको ९ लाख बढीको सामान बरामद

    भन्सार छलीको ९ लाख बढीको सामान बरामद

    संघारी न्युज
    ११ भाद्र २०८१
    1.3k
    Shares

    कैलाली । कैलाली र कञ्चनपुरका विभिन्न स्थानहरूबाट नौ लाख ३१ हजार ६ सय बरावरको भन्सार छलीका सामान प्रदेश प्रहरी कार्यालयले बरामद गरेको छ ।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी कैलालीले दिएको जानकारी अनुसार सोमवार कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–९, को त्रीवेणीघाट, भजनी नगरपालिका–३ को बर्दवाफाँटा, सोही नगरपालिका–६ को नवलपुर, टीकापुर नगरपालिका–१ को ब्लक नं.१२ नजिक, सोही नगरपालिका–८ को पायलगाउँ, जोशीपुर गाउँपालिका–३ को लक्कड, र जानकी गाउँपालिका–४ को झबैपुलबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएको सामान बरामद भएको छ ।

    बरामद भएको सामानमा प्याज, चिनी, बिडी, सुर्ती, लसुन, साडी, सुपिस, कुर्ती, मोबाइल चार्जर, एयरफोन लगायतका सामानहरू रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले सो सामग्री बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    यस्तै, सोमवारै कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–५ को सुकासाल, सोही नगरपालिका–९ को मटेना र वडा नं. ११ को भन्सार कार्यालय नजिकबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका करिब दुई लाख १६ हजार ६ सय बराबरको चिनी, खाने तेल, पेय पदार्थ, दाल, बेसन, सुर्ती, सरप, जिरा, खेलौना, साडी, फोटो फिरेम, फोटो पेपर, गुलाव जामुन, साइकलका सामान, किराना सामान, हार्डवेयरका सामान, प्लाष्टिक झिल्ली लगायतका सामानहरू बरामद भएको छ ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com