कैलाली । आगामी तीन दिन देशैभरि उच्च वर्षा हुनसक्ने प्रक्षेपण गरिएको छ।
जल तथा मौसम विज्ञान विभागले बुधबार अपराह्न विशेष मनसुन बुलेटिन जारी गर्दै बिहीबारदेखि आइतबारसम्म देशका अधिकांश स्थानमा पानी पर्ने र कयौं स्थानमा छोटो अवधिमा धेरै पानी पर्न सक्ने जनाएको छ। बंगालको खाडीबाट प्रवाह भएको जलवाष्पयुक्त हावासँगै न्यून चापीय प्रणालीका कारण असोज १० देखि असोज १३ गतेसम्म देशभरिको आकाश बादलले भरिने विभागले जनाएको छ।
यो अवधिमा देशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको अनुमान छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा एवं मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अत्यधिक वर्षाको जोखिम रहेको विभागको भनाइ छ। विभागका अनुसार ५३ जिल्लामा अत्यधिक वर्षाको जोखिम छ।
विभागले गण्डकी र लुम्बिनीका थोरै स्थान एवं कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा अत्यधिक वर्षा हुनसक्ने बताएको छ। बिहीबार दिउँसोदेखि नै यस्तो वर्षा हुन शुरू हुने आकलन छ।
यो अवधिमा तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना औंल्याइएको छ। विभागले उच्च पानीले बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन तथा तयारी गर्न आह्वान गरेको छ।
विभागले यो वर्षाले मुगु र हुम्ला दुई जिल्लामा निम्न जोखिम भए पनि अन्य सबै जिल्लामा मध्यमदेखि उच्च स्तरको जोखिम देखाएको छ। १६ जिल्लालाई मध्यमस्तरको जोखिम र ५३ जिल्लालाई उच्च जोखिममा राखिएको छ।
मनसुन सकिने औसत मिति नजिक आइरहँदा पनि यो वर्षको मनसुन सकिने छाँट देखिएको छैन। सामान्यतयाः नेपालमा अक्टोबर २ मा मनसुन सकिने प्रवृत्ति छ। यो वर्ष मनसुन दशैंसम्म लम्बिने अवस्था देखिएको मौसमविदले बताउँदै आएका छन्।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै