कैलाली । कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री लेखराज भट्ट र नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरको उम्मेदवारी टुगिंएको छ ।
पूर्व माओवादी नेता भट्ट २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका सुनिलकुमार भण्डारीलाई भारी मतान्तरले हराउँदै विजयी भएका थिए। त्यसबेला बाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका भट्टले ३१ हजार ३५९ र भण्डारीले २० हजार ९६० मत प्राप्त गरेका थिए।
एमाले र माओवादी एकीकरण भएर बनेको नेकपाको नामसम्बन्धी मुद्दामा अदालतले दुई पार्टीलाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि उनी एमालेतिर लागेका थिए। एमालेले प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा भट्टको नाम सर्वसम्मत सिफारिस गरेको थियो।
सत्तारुढ गठबन्धनबीच डोटीमा नेकपा एकीकृत समाजवादीले उम्मेदवारी दिने सहमति भएपछि कांग्रेसका प्रदेश सभापति बलायर कैलाली ४ मा झरेका हुन्। उनले डोटीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार दावी गरेका थिए। एउटै निर्वाचन क्षेत्र रहेको डोटीमा गठबन्धनबाट एकीकृत समाजवादीका नेता प्रेम आले चुनाव लड्दैछन्। त्यहाँ एमालेले संघतर्फ गौरी ओलीलाई उम्मेदवार बनाएको छ।
कैलाली ४ मा प्रदेश सभापति बलायरलाई उम्मेदवार बनाउने पार्टी केन्द्रले निर्णय गरेको जानकारी प्राप्त भएको कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले बताए। यो क्षेत्रअन्तर्गत प्रदेश सभाका दुवै क्षेत्रमा भने अहिलेसम्म भागवन्डा मिल्न बाँकी रहेको उनले बताए। दुई शीर्ष नेताबीचको प्रतिस्पर्धा रोचक हुने अनुमान छ।
क्षेत्र नम्बर ४ डोटेली मतदाताको बाहूल्यता रहेको क्षेत्र हो। गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतपरिणामका आधारमा गठबन्धन अगाडि देखिन्छ। यहाँ वडाध्यक्षमा कांग्रेसले २२ हजार ९९७, एमालेले २० हजार १८४ र माओवादीले १० हजार ३६० मत प्राप्त गरेका थिए।
सुदूरपश्चिमका कुल १६ निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेसले नौ, नेकपा माओवादी केन्द्रले चार र एकीकृत समाजवादीले तीन क्षेत्रमा उम्मेदवारी दिने सत्तारुढ गठबन्धनबीच सहमति भएको छ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै