कञ्चनपुर । सत्तारुढ गठबन्धनबाट कञ्चनपुर क्षेत्र नम्बर १ नेकपा माओवादीले पाउँने भएपछि पुर्व खानेपानीमन्त्री बिना मगरको टिकट सुरक्षित भएको हो । नेकपा माओवादी केन्द्रबाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारका लागि विना एकल सिफारिसमा परेकि थिइन्।
आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा माओवादीका नेता बिना अब कांग्रेस, माओवादी, समाजवादी, जनमोर्चाका तर्फबाट साझा उम्मेदवार बनेकी हुन् ।
उक्त निर्वाचन क्षेत्रमा तारा लामा तामाङ बिनाका प्रतिस्पर्धी बन्ने भएका छन् । तामाङ एमालेबाट टिकट पाएका छन् । नेकपा एमालेबाट तामाङ सहित वीरबहादुर थापा (पातल), खेम सुवेदी सिफारिस भएपनि अन्तत ताराले टिकट पाउँने पक्का भएको हो ।
उता एमालेमा टिकट वितरणको विषयलाई लिएर विवाद चुलिएको छ । संघतर्फका सिफारिस भएका थापालाई एमालेले प्रदेशमा टिकट दिएपछि उनी असन्तुष्ट भएका छन्। एमालेबाट संघ तर्फ देखिएका उम्मेदवारले हालै समाजवादीबाट आएका नेता तामाङलाई टिकट दिएको भन्दै बिरोधमा उत्रिएका छन्।
गत वर्ष एमाले फुट्दा उता समाजवादीमा गएर आर्थिक मामिलामन्त्रीको जिम्मेबारी पाएका तामाङ उतामन्त्रीबाट हटाएपछि समाजवादीसंग असन्तुष्ट हुुँदै पुन गत १५ भदौँमा एमालेमा प्रवेस भएका हुन् ।
०७४ मा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा माओवादी केन्द्र र एमालेविच बाम गठबन्धन भएका बेला बिना मगर संघ र तारालामा तामाङ प्रदेश तर्फ उम्मेदवार भएर दुबै दोब्बर मतले निर्वाचित भएका थिए।
तामाङ सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री र मगर संघ सरकारको खानेपानीमन्त्री भएका थिए। विना र तारा दुबै नेता पुनर्वास नगरपालिका ३ एकै वडाका स्थानीय हुन् ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै