काठमाडौं । निर्वाचन आयोगले आगामी संसदीय निर्वाचनका लागि दलहरुले बुझाएको समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गरेको छ ।
आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फ दलहरुले बुझाएको बन्दसूची सार्वजनिक गरेको हो । प्रतिनिधिसभा र प्रदेशसभामा गरी कूल ६४९३ जना समानुपातिकतर्फ उमेदवार रहेका छन् ।
आयोगका अनुसार प्रतिनिधिसभामा ४८ दलले बुझाएको सूचीमा जम्मा दुई हजार ४३६ जना उमेदवार रहेका छन् । यस्तै, प्रदेश १ मा ३६ दलले ६६१ जना उमेदवारको बन्दसूचीमा बुझाएका छन् भने मधेस प्रदेशमा ३६ राजनीतिक दलका ९४८ जना उमेदवार रहेका छन् ।
वाग्मती प्रदेशमा ४१ दलका ८२५ उमेदवार रहेका छन् भने गण्डकी प्रदेशका ३१ राजनीतिक दलका ३६८ जना उमेदवार रहेका छन् ।त्यसैगरी लुम्बिनी प्रदेशमा ३२ राजनीतिक दलका ६५७ जना उमेदवार रहेका छन् भने कर्णाली प्रदेशमा २८ राजनीतिक दलका २२२ जना समानुपातिक उमेदवार रहेका छन् । सुदूरपश्चिम प्रदेशमा ३४ राजनीतिक दलका ३७६ जनाको नाम बन्दसूचीमा रहेको छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै