कैलाली । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम सवार गाडी भारतमा दुर्घटना भएको छ । राज्यमन्त्रीसहित तीन जना सवार प्रदेश ३-०१-०२४ च नम्बरको कार भारतीय नम्बरको कारसँग ठोक्किएको थियो।
भारतको पलिया बजार नजिक दुर्घटना हुँदा राज्यमन्त्री बम, श्रीमती कल्पना बम र सहयोगी पदम देउवा घाइते भएको कैलाली जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
राज्यमन्त्री बमको मुख र नाकमा चोट छ, श्रीमती कल्पना बमको छातीमा र सहयोगी पदम देउवाको टाउकोमा चोट रहेको छ । उनीहरूको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।
भारतको खिरी जिल्लास्थित पलिया बजारमा उपचारपछि फर्किदा दुर्घटना भएको राज्यमन्त्री बमका भतिजा धनबहादुर बमले जानकारी दिए ।
उनका अनुसार राज्यमन्त्रीसहित तीनै जनाको अवस्था सामान्य छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै