संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    स्थानीय स्रोत र परम्परागत सीपलाई व्यावसायिकमा बदल्दै

    स्थानीय स्रोत र परम्परागत सीपलाई व्यावसायिकमा बदल्दै

    संघारी न्युज
    १४ पुष २०८१
    1.3k
    Shares

    मोरङ । मोरङको उर्लाबारी –७ की नरमाया दङ्गाल स्थानीय स्रोत र परम्परागत सीपलाई व्यावसायिक रूपमा प्रयोग गरेर राम्रो आर्थिक लाभ लिईरहेका छन् । दङ्गाल गाउँघरमा खेर गइरहेका रैथाने वस्तुहरूमा सौन्दर्य भरेर आकर्षक सजावटका सामग्री निर्माण गर्छिन् ।

    पछिल्लो समय उनले उत्पादन गरेका सामग्रीहरूले राम्रो बजार पाउन थालेको छ । मकैको खोसेलाका पिरा, ढक्की, अतिथिहरूलाई लगाइदिने ब्याच बनाउने गर्छिन् । खोला किनारमा खेर गइरहेको सिरुबाट उनले विभिन्न प्रकारका घरायसी उपयोगका सामग्री निर्माण गर्छिन् । कच्चा पदार्थ सङ्कलनमा खासै समस्या छैन । तर, निर्माण र तिनमा सौन्दर्य भर्न भने नरमायाले निक्कै मेहनत गर्नुपर्छ । सामान्य लगानीको उद्योगमा आफ्नो सीप र कलाबाट नरमाया अहिले नेपाल बाहिरबाट आएको माग पुरा गर्न जुटेका हुन् । आफूसँगै काम गर्ने चार जना सहयोगीपनि उनको साथमा दिनरात खट्नुछन् ।

    नरमायाले भनिन् हातले बनाएका सामानको माग उच्च छ । थाइल्यान्ड ,दुबई र अष्ट्रलियाबाट माग आउछ । धागोबाट हातले बुनेका घरेलु सामग्री पनि बनाउछु । हामी बनाएर नेपाल मै जिम्मा दिन्छौँ । थोकमा पठाउने गरी उत्पादन गर्न सकेका छैनौँ ।

    उनी खास गरी ऊन र धागोबाट निर्माण हुने हाते स्विटर, स्कट, मिडी, कोट, लगायतका थुप्रै सामग्री बनाउछिन् । सजावटका लागि आवश्यक पर्ने फूलहरू,झुमर, गमला, ढक्की, आरी, पिरा लगायतका सामाग्री बनाउछिन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com