संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    बरघर भलमन्सा ऐन ल्याउने तयारीमा सरकार

    बरघर भलमन्सा ऐन ल्याउने तयारीमा सरकार

    संघारी न्युज
    २६ माघ २०८१
    2.1k
    Shares

    कैलाली । बडघर र भलमनसा प्रथाको विकास तथा प्रवर्द्धधन लागि सुदूरपश्चिम प्रदेश सरकारले ऐन निर्माणको प्रक्रिया थालेको छ। प्रदेश सरकारले सुदूरपश्चिम प्रदेशमा बडघर र भलमनसा प्रथा संरक्षण तथा विकाससम्बन्धी ऐन निर्माणको प्रक्रिया अगाडि बढाएको हो।

    ऐनको मस्यौदा तर्जुमा गर्नका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मन्त्रालयले सैद्धान्तिक सहमति प्रदान गरेका छन्। मन्त्रालयबाट सैद्धान्तिक सहमति प्राप्त भएकाले सुदूरपश्चिम प्रदेश बडघर र भलमनसा प्रथा संरक्षण तथा विकाससम्बन्धी विधेयकको मस्यौदा तर्जुमाका लागि अगाडि बढ्ने जनाइएको छ।

    मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्राप्त गर्न प्रदेश सरकार (मन्त्रिपरिषद्) मा प्रस्ताव पेस गरिने सामाजिक विकास मन्त्रालयका सचिव चक्रपाणि पाण्डेले जानकारी दिनुभएको छ।

    यस प्रदेशको कैलाली र कञ्चनपुरमा सघन बसोबास र बाहुल्य रहेको आदिवासी जनजाति थारू समुदायमा परम्परादेखि बडघर भलमनसा प्रथा प्रचलित छ। यस प्रथालाई संरक्षण, प्रवर्धन र विकास गर्नका लागि छुट्टै ऐन बनाउने प्रदेश सरकारले प्रतिबद्धता जनाउँदै आएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com