संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    थारू साहित्य राष्ट्रिय सम्मेलनको दोस्रो दिन, विभिन्न विधामा वहस हुने

    थारू साहित्य राष्ट्रिय सम्मेलनको दोस्रो दिन, विभिन्न विधामा वहस हुने

    संघारी न्युज
    १७ फाल्गुन २०८१
    1.2k
    Shares

    कैलाली । ९औं थारू साहित्य राष्ट्रिय सम्मेलनको दोस्रो दिन विभिन्न विधामा वहस हुने आयोजकको भनाई छ । बर्दियाको राजापुर नगरपालिका जोतपुरमा भईरहेको सम्मेलनमा थारू आठ वटा छलफल सत्र राखिएको छ ।

    शुक्रबार ‘राजापुर नगरपालिकाको शिक्षा यात्रा’ शीर्षकमा राजापुर नगरपालिकाका मेयर दिपेश थारू राजेश, पूर्व जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाह, पूर्व प्रधानाध्यापक किरण आचार्यसँग युवक माविका प्रधानाध्यापक नरेशकुमार थारूले बहस सम्पन्न गर्नुभएको जङ्ग्रार साहित्यिक बखेरी बर्दियाका अध्यक्ष सोम डेमनडौराले बताए ।

    उनले सोही प्रकारले शुक्रबारनै पूर्व मन्त्री डा गोपाल दहित, लुम्विनी प्रदेश सांसद धर्म बहादुर थारु, पूर्व मेयर दुर्गा बहादुर थारु कबिरसँग अधिवक्ता सन्तराम धारकटुवा थारूले विकास र बाधा शीर्षकमा छलफल गर्नु भएको पनि बताए ।

    यसैगरी संस्कृतिकर्मीत्रय एकराज चौधरी, मिनराज चौधरी, भगवतीप्रसाद चौधरीसँग रेडियो गुर्वावाकी स्टेसन म्यानेजर पुष्पा चौधरीले बर्किमार (थारू महाभारत) का पात्रबारे बहस सम्पन्न भएको छ । सोही प्रकारले सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितको सवाल शीर्षकमा थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, मेयर दिपेश थारू राजेश, तथा द्वन्द्वपीडित समाजका अध्यक्ष भागीराम थारूसँग अध्येता शेखर दहितले बहस कार्यक्रम गरेका थिए ।

    सम्मेलनको आयोजना थारु लेखक सङ्घ नेपाल, जङ्ग्रार साहित्यिक बखेरीको संयुक्त आयोजना रहेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com