संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    पर्यटकीय स्थल बनाउन संरचना थपिँदै

    पर्यटकीय स्थल बनाउन संरचना थपिँदै

    संघारी न्युज
    २२ फाल्गुन २०८१
    1.2k
    Shares

    कैलाली । कैलालीको ओजुवा तालपरिसरमा डेढ करोड रुपियाँ लगानीमा भौतिक संरचना निर्माण गरिँदै छ । टीकापुर नगरपालिका–७ स्थित सो ताल क्षेत्रको सौन्दर्यीकरण गरी पर्यटन विकास गर्ने उद्देश्यले सङ्घीय सरकार र टीकापुर नगरपालिकाको साझेदारीमा भौतिक संरचना निर्माण गर्न लागिएको हो । सो क्षेत्र डल्फिनसहित विभिन्न जलचर र जलपन्छी अवलोकनका लागि चर्चित छ । त्यस क्षेत्रमा बर्सेनि आन्तरिक तथा बाह्य पर्यटक डल्फिन अवलोकनका लागि पुग्ने गरेका छन् ।

    ताल क्षेत्रको सौन्दर्यीकरण गरेर पर्यटन विकास गर्न विभिन्न संरचना निर्माणको काम भइरहेको वडाध्यक्ष यज्ञप्रसाद न्यौपानेले बताए । उनले भने, “१२ बिघामा फैलिएको यो ताल यहाँको पुरानो र ऐतिहासिक ताल हो । यस तालपरिसरको सौन्दर्यीकरण गरी पर्यटन विकासका लागि काम भइरहेको छ ।”

    तालपरिसरमा २०५ मिटर पर्खाल निर्माणको काम पूरा भएको छ । यसै गरी तालमा पानी आपूर्तिका लागि दुई वटा बोरिङ निर्माण गरिएको छ । आगन्तुक बस्नका लागि बेन्च राख्ने, टहरा बनाउने कार्य भइरहेको छ । त्यस्तै बिजुली जडान, बाटोमा ग्राभेलको काम पनि भइरहेको अध्यक्ष न्यौपानेले बताए । उनले निकट भविष्यमा ताल क्षेत्रमा बोटिङ सञ्चालन हुने उल्लेख गरे ।

    तालपरिसर सौन्दर्यीकरणका लागि सङ्घीय सरकारले समपूरक अनुदान अन्तर्गत ८० लाख र टीकापुर नगरपालिकाले ८० लाख रुपियाँ बजेट विनियोजन गरेको जनाएको छ । क्रमागत योजना अन्तर्गत सौन्दर्यीकरणको काम अगाडि बढाइएको उल्लेख गर्दै थप संरचना निर्माणका लागि प्रदेश सरकारसँग पनि बजेट माग गरिएको वडाध्यक्ष न्यौपानेले बताए।

    टीकापुरकै साउद बिल्डर्सले ठेक्का पाएर संरचना निर्माणको काम गरिरहेको छ । डल्फिन संरक्षण क्षेत्रमा रहेको ओजुवा तालको सौन्दर्यीकरणले पर्यटन विकासमा टेवा पुग्ने डल्फिन संरक्षणकर्मी भोजराज ढुङ्गानाले विश्वास व्यक्त गरे ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com