कैलाली । आदिवासी जनजाति आयोगले आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँलाई बुझाएको छ ।

सो आर्थिक वर्षमा आयोगले गरेका गतिविधि समेटिएको प्रतिवेदन आयोग सदस्य सुर्यबहादुर गुरुङले शुक्रबार धनगढीमा प्रदेश प्रमुख मियाँलाई बुझाएका हुन् । सो अवसरमा प्रदेश प्रमुख मियाँले आफू पनि सो प्रतिवेदन आफूले अध्ययन गर्ने र आदिवासी जनजातिका समस्या समाधानका लागि सम्बन्धित निकायलाई पहल गर्ने बताए । उनले प्रतिवेदन पढ्न र प्रतिवेदनमा उल्लेख गरिएका समस्याहरु समाधानका लागि प्रदेश सरकारका पदाधिकारी र प्रदेश सभा सदस्यहरुलाई आग्रह गर्ने बताए ।
यसैगरी, आयोगले अभौतिक सांस्कृतिक सम्पदा सूचिकरण सम्बन्धी अन्तरक्रिया गरेको छ । प्रदेश प्रमु्खलाई प्रतिवेदन बुझाई सकेपछि आयोगले धनगढीमा रहेका आदिवासी जनजातिका विभिन्न संघसंस्थाका प्रतिनिधि तथा आदिवासी जनजाति नेताहरुसंग सो अन्तरक्रिया गरेको हो । सो अवसरमा आयोगका सदस्य गुरुङले अभौतिक सांस्कृतिक सम्पदाको विषयमा प्रस्तुतीकरण गर्दै ति सम्पदाहरु स्थानीय तहले सूचिकृत गरी संरक्षण गर्न आवश्यक रहेको बताए ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै