सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रममा मानव अधिकारको पाँचौँ कार्ययोजना समावेश गरिने सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले बताएका छन् ।
धनगढीमा इन्सेक र ओरेक नेपालको संयुक्त आयोजनामा मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा (युपीआर) कार्यशालामा उनले यो प्रतिबद्धता जनाएका हुन् । कार्यक्रम युपीआरको चौथो चरणअन्तर्गत गैरसरकारी संस्थाहरूले तयार पारेको प्रतिवेदनबारे छलफल गर्न आयोजित गरिएको थियो ।
पाठकले मानव अधिकारको कानुनी कार्यान्वयन चुनौतीपूर्ण रहेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको कार्य योजनालाई आगामी आर्थिक वर्ष ०८२र८३ को नीति कार्यक्रममा समेट्नुपर्ने बताए । उनले यो विषयमा सामाजिक विकास समिति, राष्ट्रिय मानव अधिकार आयोग र सरोकारवालाबीच छलफल आवश्यक रहेको बताए ।
इन्सेक सुदूरपश्चिम संयोजक खडकराज जोशीले प्रतिवेदनमा छुटेका विषय र सुझाव समेट्न कार्यशाला आयोजना गरिएको जानकारी दिए । इन्सेक केन्द्रकी सम्झना श्रेष्ठले युपीआरका सिफारिस र अन्तर्राष्ट्रिय दायित्त्वबारे प्रस्तुति दिएकी थिइन् । यस्तै, इन्सेकका सल्लाहकार विद्या चापागाईँले युपीआरको प्रक्रिया, सिफारिस र कार्यान्वयनबारे जानकारी गराइन् ।
कार्यक्रममा सहभागीले समलिंगी विवाहलाई मान्यता, नागरिकता परिवर्तनको व्यवस्था, अन्तरजातीय विवाहमा पुनः स्थापना, अभिभावक नभएका बालबालिकाको जन्म दर्ता र साइबर अपराधसम्बन्धी मुद्दालाई नीति तथा कार्यक्रममा समेट्नुपर्ने सुझाव दिएका थिए ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै