संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    चट्याङ्ले एक गर्भवति महिलाको मृत्यू

    चट्याङ्ले एक गर्भवति महिलाको मृत्यू

    संघारी न्युज
    २१ बैशाख २०८२
    1.2k
    Shares

    कैलाली । चट्याङ् लागेर बिहान एक गर्भवती महिलाको मृत्यु भएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ की २४ वर्षीया लालमती रानाको मृत्यु भएको हो ।

    बारीमा तरबुज टिप्न गएको बेला चट्याङ लागेर उहाँको घटनास्थलमै ज्यान गएको वडा अध्यक्ष नवलसिंह रानाले जानकारी दिए । मृतककी श्रीमान २५ वर्षीय रतनसिंह राना भने घाइते भएका छन् । घाइतेलाई उपचारका लागि धनगढीतर्फ पठाइएको वडा अध्यक्षले बताए ।

    उनका अनुसार बारीमा श्रीमान श्रीमती दुवै जना तरबुज टिप्न जानुभएको थियो । त्यहि बेला हावाहुरीसहित पानी र चट्याङ परेको थियो । घटनास्थलमा प्रहरी पुगिसकेको वडा अध्यक्ष रानाले जानकारी दिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com