संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    कैलाली ५ मा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारुको उम्मेदवारी खारेज

    कैलाली ५ मा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारुको उम्मेदवारी खारेज

    संघारी न्युज
    २५ असोज २०७९
    1.3k
    Shares

    कैलाली । नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थरुहट नेता लक्ष्मण चौधरी (थारु)को उम्मेदवारी खारेज भएको छ । उनी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नं.५ बाट उम्मेदवारी दिए थिए ।

    मुख्य निर्वाचन अधिकृत ओम प्रकाश अर्यालले ले दिएको जानकारी अनुसार धनगढी उपमहागरपालिका–१५ का स्थानीय समेत रहेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामबहादुर सिंहले चौधरीविरुद्ध दिएको उजुरी उपर मंगलबार जाँचबुझ गर्दा उनी उम्मेदवार हुन ‘अयोग्य’ पाइएकाले उम्मेदवारी खारेज गरिएको बताए ।

    टीकापुर घटना सम्बन्धी मुद्दामा अदालतले दोषी ठहर गरी कैद सजायसमेत तोकेको अवस्थामा कैद भुक्तान नगरेका चौधरी कानुनतः उम्मेदवार बन्न अयोग्य देखिएको उनको भनाइ छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com