कैलाली । भीमदत्त नगरपालिका १८ कटानकी इन्दु राई महाकाली नदीमा दैनिक ५ देखि १० किलोसम्म माछा मार्छिन् र स्थानीय बजारमा बेच्छिन्। उनी माछा मारेर आफ्नो परिवार चलाएकी छिन् । राई माछा मार्न जाँदा खाना बोकेर जान्छिन् । माछा मार्ने उनको विशेष तरिका हो पीठो राखेर माछालाई आकर्षित गर्ने ।
उनी माछा बेचेर मासिक ३० देखि ३५ हजार रुपैयाँ आम्दानी गरिरहेका छिन् ।
उनी डेढ दशकदेखि यहि पेशामा रमाईरहेकी छिन् । माछा मार्न जाँदा राईले खाना पनि साथमै बोकेर जाने गरेको बताइन् । “ताजा माछाको माग बढी हुन्छ,” राईले भनिन्, “ग्राहकलाई पुर्याउनै सक्दैनौँ ।”
सानो माछा प्रतिकिलो रु २५० र ठुलो माछा रु ३०० मा बिक्री हुन्छ । उनको माछा मार्ने तरिका भने भिन्नै छ । खाना खाने थालीमा कपडा बेरेर बीचमा प्वाल पारी त्यसमा अलिकति पीठो राख्नु हुन्छ । माछा पीठो खानका लागि भित्र छिरेपछि समातेर भाँडामा राख्छु । नदीमा ढुङ्गा हुने भएकाले जाल थाप्न अप्ठेरो हुन्छ ।
माछाबाट आएको पैसाले अन्न, नुन, तेल, लुगाफाटो, औषधोपचार, बालबालिकाको विद्यालयको खर्चलगायत आवश्यकता उनले माछा बिक्री गरेको आम्दानीले धान्ने गर्छिन् ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै