संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    प्रदेश सरकारले आगलागी पीडितलाई चालिस लाख सहयोग गर्ने निर्णय

    प्रदेश सरकारले आगलागी पीडितलाई चालिस लाख सहयोग गर्ने निर्णय

    संघारी न्युज
    २६ जेष्ठ २०८२
    1.1k
    Shares

    कैलाली । बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा शुक्रबार भएको आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल चालिस लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

    आईतबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको प्रदेश विपद् जोखिम न्युनीकरण तथा नियन्त्रण परिषद्को बैठकले बाजुरा आगलागी पीडितका लागि तत्काल बुढीगंगा नगरपालिकालाई चालिस लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बाजुरामा आगलागीबाट पीडित भएका परिवार तथा व्यवसायीलाई प्रारम्भीक चरणमा ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको बताए । उनका अनुसार आगलागीको थप विवरण प्राप्त भएपश्चात प्रदेश सरकारले थप निर्णय गर्ने छ ।

    मानविय सहायता स्वरुप तत्काललाई प्रदेश सरकारले सम्बन्धित पालिकालाई सो रकम उपलब्ध गराउँने र पालिकाले मापदण्ड तयार गरेर आगलागी पीडितलाई रकम उपलब्ध गराउने छ । जेष्ठ २३ गते बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा रहेको नवदुर्गा होटलमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको थियो । साथै प्रदेश सरकारले मौज्दातमा रहेका १५ वटा ठूलो टेन्ट, ३४ वटा कम्बल र ३४ वटा त्रिपाल राहत स्वरुपमा उपलब्ध गराउने निर्णय गरेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com