संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    कैलालीको नदीमा देखिन थाले डल्फिन

    कैलालीको नदीमा देखिन थाले डल्फिन

    अविनाश चौधरी
    ११ असार २०८२
    945
    Shares

    कैलाली । जलको सतह बढेपछि कैलालीको नदीमा दुर्लभ डल्फिन देखापर्न थालेका छन् । मोहना, पथरैया लगायतका नदीमा डल्फिन देखापर्न थालेका हुन् ।

    मनसुन लागेपछि नदीहरूमा पानीको सतह बढेको छ । नदीमा जलस्तर बढेपछि सोमबार साँझबाट डल्फिन देखापर्न थालेको डल्फिन संरक्षणकर्मी भोजराज ढुङ्गानाले बताए ।

    उनका अनुसार डल्फिन संरक्षण क्षेत्रमा एक बच्चा समेत गरेर चार वटा डल्फिन देखापरिरहेका छन् । यो क्षेत्रमा मनसुन अवधिभरी मात्र डल्फिन आउने गर्दछन् । अरु, बेला गहिराई खोज्दै कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा फर्कने गर्दछन् । कर्णालीमा वर्षभरी नै डल्फिन बस्ने गर्दछन् ।

    नदीमा जल सतह बढेपछि कर्णालीबाट सहायक नदीहरूमा डल्फिन आउने गरेको ढुङ्गानाको भनाइ छ । उहाँले गतवर्ष असार पहिलो साता डल्फिन आएको स्मरण गर्दै थप्नुभयो, “यो वर्ष ढिलो पानी परेकाले केही ढिलो गरेर डल्फिन आएका छन् ।”

    सिजन सुरु भएपछि डल्फिन अवलोकनका लागि बर्सेनि स्वदेशी तथा विदेशी पर्यटक कैलाली पुग्ने गरेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले डल्फिनलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com