संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    बर्दिया–२ मा रेशमको बुबा लालवीर चौधरीलाई नागरिक उन्मुक्तिको समर्थन

    बर्दिया–२ मा रेशमको बुबा लालवीर चौधरीलाई नागरिक उन्मुक्तिको समर्थन

    संघारी न्युज
    २६ असोज २०७९
    1.3k
    Shares

    कैलाली । रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएपछि नागरिक उन्मुक्ति पार्टीले रेशमकै बुबा लालवीर चौधरीलाई समर्थन गर्ने भएको छ।

    टीकापुर घटनामा दोषी ठहर भएर सजाय भोगिरहेका रेशमलाल चौधरीले वारेस मार्फत बर्दिया–२ मा दर्ता गराएको उम्मेदवारी असोज २५ गते खारेज भएको थियो। रेशमले आफ्नै श्रीमती रन्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक पार्टीबाट उम्मेदवारी दिएका थिए।

    लालवीरले बर्दिया २ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्। नागरिक उन्मुक्ति पार्टीले लालवीरलाई समर्थन गर्ने पार्टीका अध्यक्ष श्रेष्ठले बताइन्। लालबीर २०७४ को निर्वाचनमा (एमाले) कैलाली–१ मा प्रदेश सभा सदस्य उम्मेदवार थिए।

    त्यस्तै, लक्ष्मण थारूको उम्मेदवारी खारेज भएपछि कैलाली–५ मा नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्र उम्मेदवार जगदीश चौधरीलाई समर्थन गर्ने भएको छ। टीकापुर घटनामा दोषी ठहर भएका थारू फरार सूचीमा छन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com