कैलाली । कैलालीको जोशीपुर गाउँपालिकामा एक युवकको पथरैया नदीमा डुबेर ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जोशीपुर गाउँपालिका–४ कटुवापुर निवासी १८ वर्षीय सुमित चौधरी माछा मार्ने क्रममा असार १४ गते साँझ ५ बजे नदीमा डुबी मृत्यु भएको हो।
स्थानीयवासीको अनुसार घर नजिकै रहेको पथरैया नदीमा साथीहरूसँग माछा मार्न गएका थिए। सोही क्रममा अचानक गहिरो पानीमा फसेर डुबेका चौधरीको केही समयपछि उद्धार गरिएको थियो। उद्धारपछि उहाँलाई तत्काल उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लैजाने प्रयास गरिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै