घटना १
वोगटान फुडसिल गाउँपालिकाका एक ८२ वर्षीया महिला जिल्ला प्रशासन कार्यालय डोटीमा टोलाईरहेकी थिईन् । उनी घरदेखि एक हजार दुई सय रुपैयाँ भाडा तिरेर झन्डै चार घण्टा कच्ची सडकमा यात्रा गरेपछि जिल्ला प्रशासन कार्यालय पुगेकी थिइन् । १८ वर्ष अगाडी श्रीमान् गुमाएकी उनले राज्यबाट सामाजिक सुरक्षा भत्ता खाना लागेको १८ वर्ष पुगिसकेको थियो र तर एका एक उनको भत्ता रोकिएपछि त्यहाँ पुगेकी थिईन ।
उनले भनिन् ‘हातखुट्टा कटकटी दुख्छन्, लौरोको सहारा बिना हिँड्न सक्दैन, आँखा पनि राम्रोसँग देख्दैन ।’ कच्ची बाटोमा जीपको यात्रा गर्दा पुरै जीउ नै दुखिरहेको छ । । यतिका वर्षसम्म भत्ता पाए, तर अहिले आएर केही कागज अपुग भयो भन्दै भत्ता रोकि दिएको छ । सरकारले अहिले सामाजिक सुरक्षा भत्ता पाउँनलाई राष्ट्रिय परिचय पत्र गरिदिएको छ । जुन कागज बनाउन उनी त्यहाँ पुगेका थिईन् ।
घटना २
डोटीकै बडीकेदार गाउँपालिकाका ७८ वर्षीय एक वृद्ध दमका रोगी छन् । उनलाई हिँडडुल गर्न अरुको सहारा चाहिन्छ । कमजोरीका कारण उनका हातखुट्टा काँप्छन् । र पनि उनी तीन घण्टाको पैदल यात्रापछि गाडी लाग्ने लाग्ने ठाउँमा पुगिन् । उनी करिब सात घण्टा गाडीको यात्रा गरेर उनी सिलगढी पुगिन् ।
उनको नागरिकतामा भएको फोटो उप्किएर प्रतिलिपि लिन आएका थिईन् । संगै उनीपनि राष्ट्रिय परिचय पत्रका लागि सबै विवारण पेश गरिन् । यति गर्दा उनीहरुलाई साँझ परिसकेको थियो । फर्केर घर जान सक्ने अवस्था थिएन । उनीहरु त्यहि होटेलमा बास बस्नु पर्यो ।
घटना ३
शिखर नगरपालिकाका एक सेवा निवृत्त शिक्षक आफ्नो खाताबाट पैसा झिक्न चेक बोकेर बैङ्क पुगे । बैङ्कले ग्राहक पहिचान (के वाई सी) अद्यावधिक नभएको भन्दै चेक साट्न मानेन । घर खर्च चलाउनका लागि बैङ्कबाट आफ्नै पैसा झिक्न गएका उनलाई के वाई सी भर्न राष्ट्रिय परिचय पत्र वा सो को नम्बर मग्यो । आफूसँगै भएको नागरिकताको प्रमाण पत्र बोकेर उनी जिल्ला प्रशासन कार्यालय पुगे, तर राष्ट्रिय परिचय पत्र नबन्ने भयो । कारण थियो उनीसँग विवाह दर्ता प्रमाण पत्र वा विवाह प्रमाणित गरेको कागज थिएन । दिनभर भौँतारिएर उनी घर फर्के ।
यी प्रतिनिधि मुलक पात्र हुन् । डोटीमा मात्रै हैन देशभरि नै जिल्ला प्रसाशन कार्यालय अगाडी यस्ता व्यक्तिहरूको भिडभाड छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै