संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    शान्ति, सुरक्षा कायम गर्न योजना बनाएर काम गर्छु : प्रहरी उपरीक्षक चन्द

    शान्ति, सुरक्षा कायम गर्न योजना बनाएर काम गर्छु : प्रहरी उपरीक्षक चन्द

    संघारी न्युज
    १६ भाद्र २०८२
    1.1k
    Shares

    धनगढी । कैलाली प्रहरी प्रमुखको रुपमा सरुवा भएर आएका प्रहरी उपरीक्षक नरेन्द्रबहादुर चन्दले जिल्लामा शान्तिसुरक्षा कायम गर्न योजना बनाएर काम गर्ने बताए ।

    आज आयोजित पत्रकारसँग परिचयात्मक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले कैलालीमा लागुऔषध नियन्त्रणमा काम गर्ने र लागुऔषधविरुद्धका कार्यक्रम विद्यालयस्तरसम्म पुर्याउने बताए । लागुऔषधलाई न्यूनिकरण गर्नका लागि सबैको सहयोग र भूमिका आवश्यक रहेको उनले बताए । अभिभावक र शिक्षकको भूमिका अझ प्रभावकारी बनाउन सके लागुऔषध न्यूनिकरण हुनसक्ने उनले बताए । लागुऔषधविरुद्धका कार्यक्रमहरु अहिले पनि भइरहेको उल्लेख गर्दै उनले ती कार्यक्रमलाई अझ परिस्कृत बनाएर लैजाने प्रतिवद्धता जनाए ।

    प्रहरीनै विवादमा आउने घटनाका सन्दर्भमा उनले आफू शून्य सहनशीलताको नीति लिएर काम गर्ने बताए । प्रहरीको भूमिका निस्पक्षरुपमा अगाडि बढाउने प्रतिवद्धता उनले जनाए । प्रहरी उपरीक्षक चन्दले कैलालीमा प्रहरीको आन्तरिक सुधारमा निर्मम भएर लाग्ने उल्लेख गर्दै ट्राफिक प्रहरीको कामकारबाही पनि सुधार गरेर लैजाने प्रतिवद्धता जनाए ।

    एक जना कैदीबन्दीको मृत्यु र ४८ जना कैदीबन्दी घाइते भएका कैलाली कारागार घटनालाई लिएर प्रहरी प्रधान कार्यालयले तत्कालीन जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणालाई तानेर चन्दलाई कैलाली पठाएको हो । चन्द यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा कार्यरत थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com