धनकुटा। गत भदौ ४ गते कुवेतमा मृत्यु भएका धनकुटाको महालक्ष्मी नगरपालिका–१ कटहरे, सिप्रिङका डम्बरबहादुर मगरको बिहीबार अन्त्येष्टि गरिएको छ । धनकुटाका महालक्ष्मी नगरपालिका–४, दमारस्थित अरुण नदी किनारमा अन्त्येष्टि गरिएको हो । मगरको शवलाई उनका दुई छोरीले दागबत्ती दिए । गत १३ गते महालक्ष्मी नगरपालिकाले मगरको शव नेपाल झिकाउन कागजात पठाएको थियो ।
श्रीमानको मृत्युको खबर सुनेर विद्या मगरको भदौ ७ गते मृत्यु भयो । पारिवारिक स्रोतका अनुसार कुवेतमा भएको विषाक्त मदिरा सेवनको घटनामा परेर मगरको मृत्यू भएको थियो । विषाक्त मदिरा सेवनबाट गम्भीर बिरामी पर्नु भएका मगरको उपचारको क्रममा भदौ ४ गते मृत्यु भएको खबर आएको स्थानीयको भनाइ छ । श्रीमानको मृत्युले विक्षिप्त बनेका विद्या एकाएक बेहोस भईन । उनको उपचारकालागि जितपुर नगर अस्पताल पुग्नै लाग्दा प्राण गयो ।
दुई छोरी सोही दिन दमारस्थित अरुण नदी किनारमा आमाको शवको अन्त्येष्टि गरे । मगर जातिको संस्कृति अनुसार छोरीहरूले सात दिन क्रियामा बसे । उनीहरु आमा र बुवाको क्रिया १२ दिनको अन्तरालमा गर्नु पर्यो ।
डम्बर दुई वर्षअघि २०८० असारमा वैदेशिक रोजगारीमा कुवेत गएका थिए । श्रीमती विद्या भने धनकुटामै छोरीसँगै बस्दै आएका थिईन् । मगर दम्पतीका तीन छोरी छन् ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै