संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    प्रत्येक निर्वाचन क्षेत्रको छुट्टाछुट्टै मतपत्र छापिने

    प्रत्येक निर्वाचन क्षेत्रको छुट्टाछुट्टै मतपत्र छापिने

    संघारी न्युज
    २७ असोज २०७९
    1.3k
    Shares

    काठमाडौं । निर्वाचन आयोगले आगामी चुनावका लागि प्रत्यक्षतर्फको मतपत्र छपाई शुरू गरेको छ।

    बिहीबारदेखि प्रत्यक्षतर्फको मतपत्र छपाई शुरू भएको प्रमुख निर्वाचन अधिकृत दिनेशकुमार थपलियाले बताए। आयोगले समानुपातिक तर्फको मतपत्र यसअघि नै छापीसकेको छ।

    प्रत्यक्षतर्फको मतपत्रमा उम्मेदवारको मात्र चुनाव चिह्न रहने भएको छ। “मतपत्रमा उम्मेदवारको मात्रै चुनाव चिह्न रहने व्यवस्था गरिएको छ,” प्रमुख निर्वाचन आयुक्त थपलियाले भने।

    यसअघि चुनावमा सहभागी हुन निवेदन दिएका सबै दलको चुनाव चिह्न रहने व्यवस्था थियो। नयाँ व्यवस्थाअनुसार, उम्मेदवार नभएका दलको चुनाव चिह्न रहनेछैन।

    त्यस्तै, आयोगले प्रत्येक निर्वाचन क्षेत्रको छुट्टाछुट्टै मतपत्र छापिने जनाएको छ। प्रतिनिधि सभा र प्रदेश सभाका गरी चार सय ९५ प्रकारका मतपत्र छापिने थपलियाले बताए।

    आयोगले आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारलाई असोज २६ गते चुनाव चिह्न प्रदान गरिसकेको छ। प्रतिनिधि सभातर्फ दुई हजार ४१२ र सात वटै प्रदेश सभामा तीन हजार २२४ उम्मेदवार प्रतिस्पर्धामा छन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com