संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    घुस डिल अडिओ प्रकरणमा पूर्वमन्त्री गुप्ता र श्रेष्ठविरूद्ध अख्तियारले मुद्दा दर्ता गर्ने

    घुस डिल अडिओ प्रकरणमा पूर्वमन्त्री गुप्ता र श्रेष्ठविरूद्ध अख्तियारले मुद्दा दर्ता गर्ने

    संघारी न्युज
    २२ असोज २०८२
    1.4k
    Shares

    काठमाडौं । घुस डिल गरिएको अडिओ प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठविरूद्ध अख्तियारले मुद्दा दर्ता गर्ने भएको छ। बुधबार उनीहरूविरूद्धको मुद्दा लिएर अख्तियारको टोली विशेष अदालत पुगेको हो।

    विशेष अदालतमा मुद्दा दर्ता हुने प्रक्रियामै रहेको अख्तियारले जनाएको छ । विशेष अदालत स्रोतले पनि पूर्वमन्त्रीसहित ७र८ जना विरूद्ध मुद्दा आएको जनाएको छ।

    गत असारमा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्ताले घुस डिल गरेको अडिओ सार्वजनिक भएको थियो।

    त्यतिबेला भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न मन्त्री गुप्ताले ५३ लाख घुस लेनदेनसम्बन्धी डिल गरेको अडिओ सार्वजनिक भएको थियो।

    चौतर्फी आलोचना भएपछि उनले असार ३१ गते मन्त्री पदबाट राजीनामा दिएका थिए।

    त्यतिबेलाका भूमी, व्यवस्था तथा सहकारी मन्त्री रहेका बलराम अधिकारी पनि सो प्रकरणमा मुछिएका थिए।

    उनीविरूद् भने मुद्दा लगेको वा नलगेको भन्ने खुलेको छैन।

    पोखराको लिची बँगैचा जग्गा प्रकरणमा मुछिएपछि नाउपाको केन्द्रीय समितिले तत्कालीन अध्यक्ष रञ्जिता श्रेष्ठलाई कारबाही गरी अध्यक्षबाट हटाएको थियो।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com