संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    जाडो छल्न आउन थाले हिउँदे आगन्तुक चरा

    जाडो छल्न आउन थाले हिउँदे आगन्तुक चरा

    अविनाश चौधरी
    १६ कार्तिक २०८२
    1.2k
    Shares

    कैलाली । उत्तरी ध्रुवको चिसो छल्न हिउँदे आगन्तुक चरा कैलाली, कञ्चनपुरमा रहेका सिमसारमा आउन थालेका छन् । जाडो याममा त्यहाँको भन्दा यहाँ तुलनात्मक रुपमा बढी तापक्रम हुनेगरेका कारण साइबेरिया, मंगोलिया, रसियालगायतका देशबाट हिउँदे आगन्तुक जलपन्छी आउन थालेका हुन् ।

    कैलालीको घोडाघोडी, कर्णाली नदीको तल्लो तटीय क्षेत्र, जाखोर ताल, कोइलही ताललगायतका सिमसारमा विभिन्न प्रजातिका हिउँदे आगन्तुक जलपन्छी पुगिसकेका छन् । यसैगरी कञ्चनपुरको बेलौरीस्थित पुरैनी ताल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेको विभिन्न तालहरुमा जाडो छल्नका लागि हिउँदे आगन्तुक चरा आइपुगेको चराविद हिरुलाल डङ्गौराले जानकारी दिए ।

    उनका अनुसार उत्तरीध्रुवमा अत्यधिक हिउँ परेर खान, बस्नको समस्या हुनेगरेका कारण हिउँदे आगन्तुक चरा जाडो याममा यहाँको सिमसारमा आउनेगरेका छन् । जाडो याममा मालक हाँस, हरियो टाउके हाँस, कालीजुरे हाँस, श्वेताँखीभौं, सुइरेपुच्छ्रे हाँस, खरखरे हाँस, कल हाँस, सुनजुरे हाँस ठुलो जलेवा, चखेवा लगायतका आगन्तुक चरा नेपालका सिमसारमा आउने गरेका छन् ।

    “चिसो हुन थालेपछि अक्टोबर सुरुबाट आगन्तुक चरा यहाँका सिमसार क्षेत्रहरुमा आइ पुगेका छन्” डङ्गौराले भन्नुभयो, “अबको झन्डै छ–सात यतै बसाइँ हुनेछ ।” आगन्तुक चरा आएपछि सिमसारमा रौनक थपिएको छ । विभिन्न प्रजातिका चराको आवाजले नदीनाला तथा तालतलैया गुल्जार बनेका छन् ।

    यहाँ आएका चराहरु मार्च, अप्रिलतिर पुनः आफ्नो थातथलोतिर फर्कने गरेका छन् । हिउँद याममा हरेक वर्ष आगन्तुक जलपन्छीको गणना हुने गर्दछ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com