संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    बाजुरामा सुत्केरी महिला र नवजात शिशुको मृत्यु

    बाजुरामा सुत्केरी महिला र नवजात शिशुको मृत्यु

    संघारी न्युज
    ९ चैत्र २०८२
    576
    Shares

    बाजुरा । बाजुरामा नवजात शिशु सहित सुत्केरी महिलाको मृत्यु भएको जनाइएको छ। मृत्यु हुनेमा बडीमालिका नगरपालिका–१ सल्लेनाकीकी २१ वर्षीय सुरता कुमारी रोकाया र उनले जन्म दिएका एक नवजात शिशु रहेका छन्।

    रोकायाले केही दिन अगाडी जिल्ला अस्पताल बाजुरामा शिशु जन्माएका थिईन । आमा र शिशुको स्वास्थ्यमा समस्या बढेपछि उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाइएको थियो।

    जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार, “उहाँ मुटुको रोगबाट पीडित हुनुहुन्थ्यो। २०७९ सालमा काठमाडौंमा उपचार भएको थियो र डाक्टरले बच्चा जन्माउन नहुने सुझाव पनि दिएका थिए। तर, उनले बच्चा जन्माइन् । आईसियुको राम्रो सुविधा भएको ठाउँमा सुत्केरी गराइएको भए केही सहज हुने थियो, तर यहाँ त्यस्तो सुविधा छैन ।”

    जिल्ला प्रशासन कार्यालय बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले जानकारी दिए, “चैत ४ गते उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत पठाइएको थियो। उता उपचारकै क्रममा चैत ५ गते नवजात शिशुको र ७ गते बेलुकी आमाको मृत्यु भएको हो।”

    बडीमालिका नगरपालिका उपप्रमुख नन्दा थापाले भन्नुभयो, “शव बाजुरामा ल्याउने योजना थियो, तर परिवार र स्थानीय केही सहयोगीको आग्रहमा आमा र छोराको दाहसंस्कार सुर्खेतमै गरिएको हो।” हाल सुरता रोकाया र नवजात शिशुको शव व्यवस्थापनका लागि नगरपालिकाले पहल गरेको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com