संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गछौं : कृषि मन्त्री चौधरी

    मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गछौं : कृषि मन्त्री चौधरी

    संघारी न्युज
    २१ बैशाख २०८३
    522
    Shares

    कन्चनपुर । वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरीले शुक्ला फाँटा राष्ट्रिय निकुन्जको अनुगमन गरेका छन् ।

    मन्त्री चौधरीले कञ्चनपुर जिल्लामा पर्ने उक्त राष्ट्रिय निकुन्जको वार्तामान अवस्थामा भइरहेका संरक्षणसम्बन्धी गतिविधिहरूको जानकारी लिए ।

    निकुञ्जका संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले अनुगमनका क्रममा निकुञ्ज प्रशासनले मानववन्यजन्तु द्वन्द्व न्यूनीकरण, वन्यजन्तुको बासस्थान व्यवस्थापन, चोरीसिकारी नियन्त्रण तथा घाइते र समस्याग्रस्त वन्यजन्तुको उद्धारलगायतका कार्यहरू प्रभावकारी सञ्चालन भइरहेको जानकारी गराए ।

    अनुगमनका क्रममा मन्त्री चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा थप ध्यान दिने र पर्यापर्यटनमार्फत स्थानीय जनताको आयआर्जन वृद्धि गर्न निकुञ्जले विशेष जोड दिने धारणा राखे ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com