कैलाली । आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा अत्यधिक गर्मी हुने मौसम पूर्वानुमानले जनाएको गरिएको छ ।
मौसम पूर्वानुमान अनुसार आज दिउँसो यी क्षेत्रको तापक्रम निकै बढ्ने सम्भावना छ। पश्चिमी तराईका अधिकांश सहरमा दिउँसो कडा घाम लाग्ने र ‘तातो दिन’ महसुस हुनेछ।
बुधबार सबैभन्दा बढी गर्मी धनगढीमा हुने पूर्वानुमान छ। यहाँको अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने जनाइएको छ । यसैगरी नेपालगञ्जको तापक्रम ३८ देखि ४० डिग्री, दिपायलको ३७ देखि ३९ डिग्री तथा भैरहवा र वीरेन्द्रनगरको तापक्रम ३६ देखि ३८ डिग्री सेल्सियससम्म पुग्नेछ। यी सहरहरूमा वर्षाको कुनै सम्भावना नरहेकाले दिउँसोको समयमा अत्यधिक गर्मी हुनेछ।
पश्चिमी तराईमा गर्मी बढिरहँदा देशका पहाडी तथा पूर्वी भू(भागमा भने मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ। राजधानी काठमाडौँसहित पोखरा, सिमरा, ओखलढुङ्गा, धनकुटा, विराटनगर, धरान, जिरी र ताप्लेजुङमा दिउँसो हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ। विशेषगरी ओखलढुङ्गा, धनकुटा र ताप्लेजुङमा दिउँसो ४० प्रतिशतसम्म मध्यम वर्षाको सम्भावना रहेको छ। काठमाडौँको अधिकतम तापक्रम आज २७ देखि २९ डिग्री सेल्सियसको बिचमा रहनेछ।
आज रातिको मौसम हेर्दा सुदूरपश्चिमका डडेल्धुरा, दिपायल, धनगढी लगायतका सहरहरूमा आकाश मुख्यतया सफा रहनेछ। तर मध्य र पूर्वी भेगका धेरै स्थानमा राति पनि मौसम खुल्ने छैन।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै