संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    दुग्ध विकास संस्थानमा सीआईबी छापा

    दुग्ध विकास संस्थानमा सीआईबी छापा

    संघारी न्युज
    १३ जेष्ठ २०८३
    324
    Shares

    काठमाडौँ । आर्थिक घोटलाको आशंकामा दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले छापा मारेको छ।

    बुधबार छापा मारेर सीआईबीको टोलीले पाँच कर्मचारीको मोबाइल जफत गरेको छ । ‘एक्कासि टोली आएर छापा हानेको छ । केही कर्मचारीको मोबाइल समेत जफत भएको छ,’ डीडीसी स्रोतले रातोपाटीसँग भन्यो ।

    सीआईबीले दूध खरिदबिक्रीसम्बन्धी कागजात नियन्त्रणमा लिएको बताइएको छ ।

    सीआईबीले छापा हान्दा डिडिसीका महाप्रबन्धक डा.शरण कुमार पाण्डे कार्यालयमा थिएनन् । उनले भने, ‘म मन्त्रालयमा काममा थिएँ । कागजात नियन्त्रण गरिएको भन्ने खबर आएको छ । थप बुझ्दै छु,’ उनले भने ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com