संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    महाकालीमा पानीको बहाव बढेपछि बनबासा पुलमा चारपांग्रे सवारी रोक

    महाकालीमा पानीको बहाव बढेपछि बनबासा पुलमा चारपांग्रे सवारी रोक

    संघारी न्युज
    २९ साउन २०८३
    396
    Shares

    कञ्चनपुर — पहाडी जिल्लाहरुमा निरन्तरको वर्षासँगै महाकाली नदीमा पानीको बहाव बढेको छ । महाकालीमा जलस्तर बढेसँगै शारदा ब्यारेजका बनबासा पुलमा चारपांग्रे सवारी साधन आवागमनमा रोक लगाइएको छ ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतका अनुसार शुक्रबार साँझ ५ बजेको मापन अनुसार महाकालीमा पानीको बहाव १ लाख १ हजार ३ सय ९२ क्युसेक पुगेको छ ।

    सय वर्ष पुरानो जीर्ण पुलमा जोखिम हुन सक्ने भन्दै पानीको बहाव १ लाख क्युसेक नाघ्ने बितिक्कै चारपांग्रे सवारी साधन आवागमनमा रोक लगाइने गरिएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com