कैलाली । मुख्यमन्त्री खगराज भट्टले हरेक १५ दिनमा सेती प्रादेशिक अस्पतालको अनुगमन गर्ने भएका छन्। आइतबार अस्पतालको अनुगमन गर्न पुगेका उनले हरेक १५ दिनमा अस्पतालको अनुगमन गर्न आउने बताएका हुन्।
शुक्रबार मुख्यमन्त्री नियुक्त भएका भट्ट सामाजिक विकास मन्त्री सन्तोष शर्मा थापासहित सेती प्रादेशिक अस्पतालको अनुगमन गर्न पुगेका हुन्।
अस्पतालको आकस्मिक कक्षसँगै जोडिएको शौचालयको अवलोकनपछि सरसफाइलगायतका कुरा चुस्तदुरुस्त राख्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्।
अस्पतालको अनुगमनको क्रममा मुख्यमन्त्री भट्ट र सामाजिक विकास मन्त्री थापाले बिरामीहरूसँग समेत कुराकानी गरेका छन्। बिरामीहरूले मुख्यमन्त्री भट्ट र सामाजिक विकास मन्त्री थापासँग आफ्ना समस्या सुनाएका छन्।
मुख्यमन्त्री भट्टले स्वास्थ सेवालाई प्राथमिकतामा राखेर काम गर्ने संकेत गरेका छन्। प्रदेशमै सर्वाधिक बिरामीको चाप रहने सेती प्रादेशिक अस्पतालमा जनशक्ति र भौतिक पूर्वाधारको अभावले सेवा प्रभावित हुने गरेको छ।
५० शय्याको स्वीकृत दरबन्दी रहेको सेती प्रादेशिक अस्पतालमा अस्पताल व्यवस्थापन समिति र विभिन्न कार्यक्रमका चिकित्सक र स्वास्थ्यकर्मी नियुक्त गरेर सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ।
अस्पतालमा उपचार गर्न आउने बिरामीहरूले सेती प्रादेशिक अस्पतालबाट प्रभावकारी रुपमा उपचार सेवा पाउन समस्या हुने गरेको बताउने गरेका छन्। दिनेश खबरबाट ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै