संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    एक्सन वक्र्स नेपालकी अध्यक्ष पौडेल ‘सोसल इम्प्याक्ट अवार्ड २०२२’ बाट सम्मानित

    एक्सन वक्र्स नेपालकी अध्यक्ष पौडेल ‘सोसल इम्प्याक्ट अवार्ड २०२२’ बाट सम्मानित

    संघारी न्युज
    १ कार्तिक २०७९
    1.1k
    Shares

    काठमाडौं । एक्सन वक्र्स नेपालकी अध्यक्ष सम्झना पौडेल ‘सोसल इम्प्याक्ट अवार्ड २०२२’ बाट सम्मानित बनेकी छिन् । एसियाली मुलुकमा महिला तथा किशोरीको स्वास्थ्य शिक्षा र उनीहरुको जीविकोपार्जनका सवालमा केन्द्रित भई काम गर्ने सामाजिक संस्थाहरूको संजालले पौडेललाई पुरस्कारसहित सम्मान गरेको हो । भारतको तमिलनाडुमा आइतबार आयोजित कार्यक्रममा पौडेलसहित एसियाका अन्य देशका महिलाहरुले फÞरक–फÞरक विद्याका पुरस्कार प्राप्त गरे । एसियाली मुलुकमा महिला तथा किशोरीको स्वास्थ्य, शिक्षा र जिविकोपार्जनका सवालमा केन्द्रित भई काम गर्ने महिलाहरु मध्येबाट पौडेल उक्त पुरस्कारबाट सम्मानित भएकी हुन् । पत्रकारिता पेसामा लामो समयदेखि काम गर्दै आएकी पौडेल विभिन्न सामाजिक संस्थाहरुमा रहेर काम गर्दै आएकी छन् । उनी हाल एक्सन वक्र्स नेपालकी अध्यक्ष हुन् । विशेषगरी एक्सन वक्र्स नेपालले कर्णाली प्रदेशका जिल्लाहरुमा महिला तथा किशोरीको स्वास्थ्य, शिक्षा र जिविकोपार्जनका क्षेत्रमा काम गर्दै आइरहेको छ । यसले ग्रामीण क्षेत्रमा प्रजनन् स्वास्थ्य, गर्भपतनको कानूनी मान्यता, परिवार नियोजनका साधनहरूको प्रयोगबारे महिलाहरुलाई जानकारी दिने र सम्बन्धित स्वास्थ्य संस्थालाई आवश्यक स्वास्थ्य सामग्री प्रदान गर्ने गर्दछ । लामो समयदेखि सामाजिक क्षेत्रसँगै पत्रकारितामा पनि निरन्तर काम गर्दै आएकी पौडेल आउटलाइन मिडियामा आवद्ध छिन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com